Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा वैशाख २१ गते हुने, तोक्यो बुक क्लोज मिति

अर्थ सरोकार

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले वैशाख २१ गते बुधबार वार्षिक साधारणसभा गर्ने भएको हो । साधारण सभा, अग्रवाल भवन, काठमाडौंमा दिउँसो २ बजे हुने भएको छ । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि वैशाख १२ गते बुक क्लोज गर्ने भएको हो । तर्सथ वैशाख ११ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्र लाभांश पाउने भएका छन् ।

सभामा कम्पनीले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको । यस्तै निर्जीवन बिमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सबै अधिकार सञ्चालक समितिलाई दिने एजेण्डा पनि रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने भएको छ । यस्तै आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । त्यस्तै कम्पनीको अधिकृत पुँजी बढाएर ३ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेण्डा पनि रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK