×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकको नयाँ शाखा ललितपुरको मगंलबजारमा, कुल ६९ स्थानमा पुग्यो सेवा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लुम्बिनी विकास बैंकको नयाँ शाखा ललितपुरको मगंलबजारमा, कुल ६९ स्थानमा पुग्यो सेवा

Artha Sarokar

३० मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
ललितपुर । लुम्बिनी विकास बैंक लिमिटेडले बहुसंख्यक ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु-याउने आफ्नो नीति अनुरुप ललितपुर, महानगरपालिका महापाल वडा नं. १६, मगंलबजारमा आफ्नो ६९औं शाखा कार्यालयको शुभारम्भ गरेको छ ।
बैंकको व्यवसाय,आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमासमेत निहित रहने हुँदा बैंकले आफ्नो पूर्व योजना मुताविक शाखा विस्तारलाई निरन्तरता दिने क्रममा देशका सात वटै प्रदेश अन्र्तगतका २८ जिल्लाका विभिन्न स्थानमा रहेका ६९ वटा शाखाबाट बैंकिङ्गकारोबारको सुविधा प्राप्त हुने जानकारी सो अवसरमा गराईयो ।
बैंकको हाल कायम चुक्ता पुँजी २ अर्व ७२ करोड रहेको छ । २०७७ असोज मसान्तमा बैंकको कुल जगेडा कोषमा रु २ अर्ब ९६ करोड रहेको छ । २०७७ असोज मसान्तसम्ममा बैंकको कुल कर्जा सापटी २७ अर्ब ९४ करोड पुगेको छ भने निक्षेप रु ३३ अर्ब ४१ करोड पुगेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी