×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लास्ट रिमाइन्डर : सीवाइसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

लास्ट रिमाइन्डर : सीवाइसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

Artha Sarokar

६ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सीवाइसी नेपाल लघुवित्तको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको ३ लाख ९५ हजार ३३६ आइपीओमा आवेदन दिने वैशाख ६ मंगलबार अन्तिम दिन रहेको हो । लगानीकर्ताले आज कार्यालय समय भित्र यसमा आवेदन दिन सक्ने भएका छन् ।

सीवाइसी नेपालले वैशाख २ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । आइपीओ बिक्रीमा ल्याएको हो । यसअनुसार यसले कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ बिक्री खुला गरेको हो ।जसमध्ये १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने भएका छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी कियर नेपालले सीवाइसी नेपालको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । वैशाख ५ गते साँझसम्ममा १८ लाख ६३ हजार ७९४ जनाले २ करोड ११ लाख ५९ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी