काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्न नियामक निकाय बिमा समितिबाट अनुमति पाएको छ । कम्पनीले आफ्ना लतानीकर्तालाई २१.०५२ प्रतिशत
वितरण गर्न बिमा समितिबाट अनुमति पाएको हो । यससँगै अब कम्पनीको वैशाख २८ गते हुने वार्षिक साधारणसभाले लाभांश अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।