×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गभर्नरमाथिको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गभर्नरमाथिको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Artha Sarokar

६ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतको उक्त अल्पकालीन अन्तरिम आदेशसँगै बैशाख ७ गते बुधबारदेखि नै गभर्नर अधिकारी राष्ट्र बैंक गएर काम गर्न सक्ने भएका छन् ।

मन्त्रिपरिषदको बैठकले गर्भनर अधिकारीमाथी छानबिन गर्ने निर्णय गरेपछि राष्ट्र बैंक ऐन २०५८ को दफा २२ को उपदफा ४ अनुसार अधिकारी निलम्बनमा परेका थिए । सर्वोच्च अदालतले बैशाख ५ गते रिट निवेदन दर्ता गरेको थियो ।

अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा भने बैशाख १३ गते छलफल हुने भएको छ । त्यसपछि यदि सर्बोच्च अदालतको संयुक्त इजालशले अल्पकालीन अन्तरिम आदेश निरन्तरता गर्ने निर्णय गरे गभर्नर अधिकारी पदमा बहाल हुनेछन् । यदि सर्बोच्च अदालतले बैशाख १३ गते अन्तरिम आदेश जारी नगरेको खण्डमा भने सरकारको निलम्बन कार्यान्वयन हुनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी