काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म को वित्तीय बिवरण सार्वजनिक गरेको छ। बैंकले यस त्रैमासमा १ अर्ब ५९ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ८५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन खुद नाफा अहिल्लो वर्षको तुलनामा १४.२० प्रतिशतले कम हो ।
यता बैंकको वितरणयोग्य नाफा पनि ४८.१२प्रतिशतले घटेर ७३ करोड १२ लाख रुपैयाँमा सिमित भएको छ । यस्तै खुद ब्याज आम्दानी २.६१ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १४.६१ प्रतिशतले घटेको छ ।
बैंकको निक्षेप संकलन १४.३३प्रतिशतले बढ्दा कर्जा लगानी १५.२६ प्रतिशतले बढेको छ ।बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८७ पैसा रहेको छ प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३५ पैसा रहेको छ ।