Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी बैंकको ३३.३१ प्रतिशतले घट्यो खुद नाफा, प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा(विस्तृत विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म  आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  बैंकले  यस अवधिसम्म आइपुग्दा ८५ करोड ८९ लाख ६७ हजार रुपैयाँ  खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा ३३.३१ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब २८ करोड ८० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो

यता सञ्चालन नाफा १ अर्ब २६ करोड ६७ लाख ८३ हजार रुपैयाँ कमाएको छ । जुन सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा ३०.१५ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ८१ करोड ३४ लाख ९४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।

यस्तै खुद ब्याज आम्दानी भने ८.६३ प्रतिशतले बढेर २ अर्ब ५५ करोड ५८ लाख १८ हजार रुपैयाँ पुगेको छ ।  बैंकको खराब कर्जा ०.३७ प्रतिशतले  बढेर १.०८ प्रतिशत पुगेको छ । यसैगरी  प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९१ पैसामा रहेको छ भने   प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK