Skip to content
LAXMI SUNRISE BANK

तेस्रो त्रैमासमा कृषि विकास बैंकको खुद नाफा घट्यो, अन्य सूचकहरुको अवस्था कस्तो छ ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा १ अर्ब ९० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ८.०९ प्रतिशतले कम हो । अघिल्लो वर्षको यस अवधिमा बैंकले २ अर्ब ०७ करोड ३० लाख ६१ हजार  रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यता खुद ब्याज आम्दानी २६.१० प्रतिशतले बढेको छ भने  सञ्चालन नाफा ४.६९ प्रतिशतले घटेको छ । यस्तै बैंकको निक्षेप संकलन १.५० प्रतिशतले घटेको छ र कर्जा लगानी १८.१७ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ७० पैसाले घटेर १६ रुपैयाँ ७९ पैसा पुगेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK