काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस त्रैमाससम्मा १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ८.११ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा कम्पनीले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी २४.०१ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ६.२६ प्रतिशतले बढेको छ। यस्तै वितरणयोग्य नाफा ४२.५८ प्रतिशतले घटेर ४८ करोड ६७ लाख रुपैयाँमा सिमित भएको छ ।
बैंकको निक्षेप संकलन १७.२३ प्रतिशतले बढ्दा कर्जा लगानी १९.३३ प्रतिशतले वृद्धि भएको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ ७५ पैसाले घटेर १४ रुपैयाँ ३१ पैसा कायम रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ९६ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्