×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एभरेष्ट बैंकले सार्वजनिक गर्यो तेस्रो त्रैमासको वित्तीय विवरण, कति कमायो खुद नाफा ?(विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एभरेष्ट बैंकले सार्वजनिक गर्यो तेस्रो त्रैमासको वित्तीय विवरण, कति कमायो खुद नाफा ?(विवरणसहित)

Artha Sarokar

७ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस त्रैमासमा १ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा ०.५९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको अवधिमा बैंकले १ अर्ब ५० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकको यस  त्रैमासमा खुद ब्याज आम्दानी २४.५६ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ०.६२ प्रतिशतले बढेको छ । यस्तै  वितरणयोग्य नाफा १६२.४६ प्रतिशतले बढेर २ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

निक्षेप संकलन ०.९८ प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी १२.२२ प्रतिशतले वृद्धि भएको छ । बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ १५ पैसाले घटेर २१ रुपैयाँ ४५ पैसा कायम भएको छ भने  प्रतिसेयर नेटवर्थ २२६ रुपैयाँ २७ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी