काठमाडौं । सगरमाथा इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा वैशाख २८ गते हुने भएको हो । सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १०ः३० बजे हुने भएको छ ।
कम्पनीले उक्त सभामा २० प्रतिशत बोनस सेयर र कर तिर्न १.०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साथै आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित पनि गर्ने भएको छ ।
कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी बढोत्तरी गर्नको लागि नियमावली संशोधन गर्ने अर्को एजेण्डा पनि रहेको छ । सभा प्रयोजनका लागि यसले वैशाख १६ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । तसर्थ वैशाख १५ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउने भएका छन् ।