Skip to content
LAXMI SUNRISE BANK

आशा लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, खुद नाफा १२.४१ प्रतिशतले बढ्यो

अर्थ सरोकार

काठमाडौं । आशा लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १२ करोड १४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा १२.४१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १० करोड ६७ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ३१.८७ प्रतिशतले बढेर २५ करोड ३ लाख ५६ हजार रुपैयाँ पुगेको छ सञ्चालन नाफा पनि १३.०७ प्रतिशतले बढेर १७ करोड ५४ लाख ६९ हजार रुपैयाँ पुगेको छ । यस्तै वितरणयोग्य नाफा पनि २७.३३ प्रतिशतले घटेर ५३ लाख ७० हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ९२ पैसा रहेको भने र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ४ पैसा रहेको छ ।l

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK