काठमाडौं । उपकार लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । कम्पनीको उक्त आइपीओ शुक्रबार बिहान आयोजित एक कार्यक्रमकाबीच बाँडफाँट गरिएको हो । कम्पनीले चैत २५ गतेबाट ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमा ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
कम्पनीको आइपीओमा २३ लाख ५१ हजार ४६२ जनाले आवेदन दिएका थिए । जसमा गोलाप्रथामार्फत २२ हजार १०९ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन् । यस्तै २ हजार ४०६ जनाको आवेदन रद्द भएको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्ने भएका छन् । साथै, उपकार लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्