×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आठ वर्षको अवधिमा ६८ शौचालय र ३५ खानेपानी धारा पुनःनिर्माण, एक शौचायलय निर्माण सम्पन्न हुन बाँकी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

आठ वर्षको अवधिमा ६८ शौचालय र ३५ खानेपानी धारा पुनःनिर्माण, एक शौचायलय निर्माण सम्पन्न हुन बाँकी

Artha Sarokar

१२ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लमजुङ । गोरखा भूकम्प गएको करिब आठ वर्षको अवधिमा यहाँ ६८ विद्यालयमा शौचालय भवन पुनः निर्माण भएका छन् । वि.सं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका ६९ शौचायलयमध्ये अब एक शौचायलय मात्र निर्माण सम्पन्न हुन बाँकी रहेको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइ (शिक्षा) का इञ्जिनीयर दीपकराज कँडेलले बताए ।

त्यस्तै उनका अनुसार ३६ खानेपानीका धारा पुनःनिर्माण गर्नुपर्नेमध्ये ३५ खानेपानी धारा निर्माण सम्पन्न भएका छन् । एक खानेपानी निर्माणाधीन रहेको र यही वैशाखभित्रमा सम्पन्न हुने इञ्जिनीयर कँडेलको भनाइ छ । जिल्लामा विद्यालय भवन, शौचायलय तथा खानेपानी धारा निर्माण आर्थिक वर्ष २०७३/७४ देखि सुरु गरिएका थिए । उक्त आर्थिक वर्षदेखि जिल्लामा पुनःनिर्माण गर्नुपर्ने विद्यालय भवन पाँच वर्ष अवधि रहेका थिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइले उक्त समयदेखि विद्यालय, शौचायलय तथा खानेपानी धारा निर्माणको जिम्मा लिँदै आए पनि गत असोज १ गतेदेखियता शिक्षा विकास तथा समन्वय एकाइले हेर्दै आएको छ । –रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी