Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंक सर्वेक्षणको निष्कर्ष : ‘नेपालमा वाणिज्य बैंकहरुको संख्या अधिकतम १५ वटा भए पुग्छ’

अर्थ सरोकार

काठमाडौं । नेपालमा वाणिज्य बैंकहरुको संख्या अधिकतम १५ वटा भए पुग्ने भएको छ । नेपाल राष्ट्र बैंकको एक अनुसन्धानले नेपालमा वाणिज्य बैंकहरुको संख्या अधिकतम १५ वटा भए पुग्ने निष्कर्ष निकालेको हो । नेपालमा बैंक तथा वित्तीय संस्थाहरुको अधिकतम संख्याका विषयमा गरिएको राय सर्वेक्षण नतिजाले सो निष्कर्ष निकालेको केन्द्रिय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापनका १४० जना र विशेषज्ञ समूहका ९० जना गरी कुल २४० जनासँग राय सर्वेक्षण गरेको थियो । अधिकांशले हाल नेपालमा बैंक तथा वित्तीय संस्थाको संख्या आवश्यकता भन्दा बढी भएको बताएका छन् ।

राय सर्वेक्षणमा सहभागीमध्ये आधाले नेपालमा वाणिज्य बैंकहरुको संख्या ११ देखि १५ वटा उपयुक्त हुने धारणा राखेका छन् । त्यस्तै अन्य २०५ उत्तरदाताले ५ देखि १० वटा वाणिज्य बैंक उपयुक्त हुने बताएका छन् । साथै १५५ उत्तरदाताले १६ देखि २० वटा र बाँकी उत्तरदाताले २० देखि २५ वटा वाणिज्य बैंक हुनुपर्ने धारणा रखेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK