काठमाडौं । जानकी फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ५ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा २५५.६७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले १ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता कम्पनीको खुद ब्याज आम्दानी ६६.२२ प्रतिशतले वृद्धि हुँदा र सञ्चालन नाफा पनि २४५.३५ प्रतिशतले वृद्धि भएको छ । रिर्जभ कोषमा २० करोड ५१ लाख रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी ६९ करोड रुपैयाँ रहेको छ । कम्पनीले ३ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ८७ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ । यस्तै प्रतिसेयर आम्दानी १० रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ ६९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्