Skip to content
LAXMI SUNRISE BANK

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा महासंघका अध्यक्ष गोल्छा र रोजगारदाता परिषद्का सभापति संघईले दिए शुभकामना

अर्थ सरोकार

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र महासंघको रोजगारदाता परिषदका सभापति रामचन्द्र संघईले १३३ औ अन्तर्राष्ट्रिय श्रमिक दिवस मे दिवसको अवसरमा शुभ–कामना व्यक्त गरेका छन् । आफनो शुभकामना संदेशमा अध्यक्ष गोल्छाले भने “कोरोना महामारीको संक्रमण पछि उद्योग व्यवसाय संचालन, काम गर्ने वातावरण, श्रम सम्बन्ध र श्रम बजारमा पनि ठूलो प्रभाव परेको छ । कामको पुन संरचना, सीप विकास आधुनिक प्रविधिको बढ्दो प्रयोगसंगै श्रम सम्बन्धको व्यवस्थापन गर्नुपर्ने चूनौती थपिएका छन् ।कोरोना खोप लगाउन शुरू भए पछि कोरोना संक्रमणको दरमा निकै कमी आएको सन्दर्भमा अर्थतन्त्रले गति लिन लागेको अवस्थामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका घटना क्रमले मुलुकको अर्थतन्त्र कठीन मोडमा पुगेको र यसबाट आर्थिक गतिविधि र रोजगारीमा पर्न सक्ने प्रभाव र समस्यातर्फ हाम्रो ध्यानाकृष्ट भएको छ । हामी रोजगारदाता र ट्रेड यूनियन बीचको संवाद र सहकार्यका माध्यमबाट श्रम सम्बन्ध सुधार र श्रम सम्बन्धी समस्याको समाधान हुनु पर्दछ भन्ने मान्यताका साथ काम गर्दै आएका छौ । असल औद्योगिक सम्बन्धको विकास गर्दै विद्यमान र आउने परिस्थितिको सामना गर्न थप समझदारी र सहयोगका साथ काम गर्न मे दिवसले हामी सवैलाई उत्प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु” ।

आफनो शुभ–कामना संदेशमा रोजगारदाता परिषदका सभापति संघईले भने “वितेको २ वर्ष यताको अवधिमा महामारीको रूपमा फैलिएको कोरोना संक्रमणले मानव स्वास्थ्यको सुरक्षाको एवं आर्थिक विकासको गति गम्भीर रूपमा प्रभावित भएको हामी सबै सामू स्पष्टनै छ । संक्रमणबाट सिर्जित विषम परिस्थिति, कार्य वातावरण र श्रम बजारमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै अघि बढनु पर्ने चूनौती हाम्रो सामू छ । कोरोना खोप लगाउन शुरु भए पछि संक्रमण घटनुको साथै मानवीय क्षतिमा कमि आए पनि कोरोनाको नयाँ नयाँ प्रकार फैलिने क्रम नरोकिएकाले पूर्णरूपमा जोखिममुक्त अवस्था नभएकोले स्वस्थ्य सुरक्षाको ख्याल गर्दै आर्थिक गतिविधिलाई निरन्तरता दिनुको विकल्प हामीसंग छैन । आर्थिक गतिविधिले गतिलिन थालेको अवस्थामा मुलुक आर्थिक संकटतर्फ उन्मूख हुन लागेको हो कि भन्ने चिन्ता बढेको छ । यस्तो स्थितिमा उद्योग व्यवसायको संचालन र रोजगारी प्रभावित हुने हुदा आउने चूनौतीको सामना गर्न हामी बीच थप समझदारी र सहकार्यको लागि अपिल गर्दछु ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK