×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तेस्रो त्रैमासमा स्वाभिमान लघुवित्तको खुद नाफा घट्यो, अन्य सुचकहरुको अवस्था कस्तो ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तेस्रो त्रैमासमा स्वाभिमान लघुवित्तको खुद नाफा घट्यो, अन्य सुचकहरुको अवस्था कस्तो ?

Artha Sarokar

१९ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। स्वाभिमान लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा ३ करोड ३१ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा  १६.१४% ले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३ करोड ९५ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी बढेपनि सञ्चालन नाफा घट्दा खुद नाफा प्रभावित भएको छ।

सञ्चालन नाफा २९.१८% ले घटेर ३ करोड ७८ लाख ९६ हजार रुपैयाँमा पुगेको छ । खुद ब्याज आम्दानी भने २०.३४% ले बढेर ८ करोड ५४ लाख ८८ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ०५ पैसा पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी