Skip to content
LAXMI SUNRISE BANK

१०.५२६% लाभांश पारित गर्ने विशेष प्रस्तावसहित सिक्लेस हाइड्रोपावरले बोलायो जेठ १३ गते वार्षिक साधारणसभा

अर्थ सरोकार

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा जेठ १३ गते हुने भएको हो । सभा आभ्या क्लब घारीपाटक पोखरा, कास्कीमा बिहान ११ बजे हुने भएको छ ।

सभामा गत आर्थिक वर्षको नाफाबाट १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने कम्पनीको प्रस्ताव पनि पारित हुने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा/नोक्सान र नगद प्रवाहमाथि छलफल हुने भएको छ । आर्थिक वर्ष २०७८.७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK