काठमाडौं : गुराँस लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले यस अवधिमा १ करोड ५ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा ४७.९३ प्रतिशतले कम हो। अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले २ करोड १ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी १०.१७ प्रतिशतले घटेर ४ करोड ८३ लाख १३ हजार रुपैयाँमा पुगेको छ र सञ्चालन नाफा पनि ४६.४५ प्रतिशतले घटेर १ करोड ६५ लाख २१ हजार रुपैयाँमा पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ७ पैसा रहेको छ।