×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्याउका बिरुवा बिक्री नहुँदा समस्यामा किसान, ६ हजार बिरुवा जलाएर नष्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्याउका बिरुवा बिक्री नहुँदा समस्यामा किसान, ६ हजार बिरुवा जलाएर नष्ट

Artha Sarokar

२१ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

खलङ्गा । जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रु. २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यस वर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए ।

बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई पनि स्याउको बिरुवा बिक्री नहुँदा समस्या भएको छ । “नौ हजार बिरुवा उत्पादन गरे, हालसम्म एउटा पनि बिक्री भएन”, उनले भने । कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार जिल्लाभरि ११० स्याउका नर्सरी दर्ता छन्  ।

केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गरिरहेका छन्  । अधिकांश किसानले उत्पादन गरेको बिरुवा बिक्री हुन नसकेको उनी बताउछन् । यसअघि जिल्लामा उत्पादित स्याउका बिरुवा मुगु, बझाङ, बाजुरा, डोल्पा, अछाम, हुम्लालगायत जिल्लामा बिक्री गर्ने गरिएका थिए । जुम्लामा तीन हजार ४५० हेक्टरमा स्याउ खेती भइरहेको छ । –रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी