कर्णाली । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) ले उद्योग तथा पर्यटन क्षेत्रका योजना निर्माणमा जोड दिने बताएका छन् । कर्णालीको अर्थतन्त्र वृद्धिमा सघाउने उद्देश्य राखेर आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा उद्योग र पर्यटनका योजनामा जोड दिने मन्त्री लामाले जानकारी दिए । पर्यटन अर्थतन्त्र निर्माणको एक मुख्य खम्बा भएकाले मन्त्रालयले काक्रेबिहार, सुर्खेत चौघान पार्क, प्रदेशभरको पर्यटकीयस्थलको महत्वपूर्ण सूचना दिन सुर्खेत एयरपोर्टमा डिजिटबल बोर्ड राख्ने उनले बताए ।
“प्रदेश सरकारले बाह्य तथा आन्तरिक पर्यटकहरूको आकर्षणका लागि मुगु राराताल–डोल्पा से–फोक्सुण्ड ताल जोड्ने पैदलमार्ग निर्माण गर्ने योजना बनाएको छ”, मन्त्री लामाले भने, “सल्यानको कुपिण्डे दह, रुकुमको स्यार्पुताल, खारा जनयुद्ध सङ्ग्राहलय, कालिकोटको पचाल झरना, त्रिवेणी, पिली जनयुद्ध सङ्ग्राहलय निर्माण तथा विकासमा पनि जोड दिइनेछ ।” राराताल वरिपरिको पर्यटकीय सर्किट निर्माणलाई निरन्तरता दिइने उनले जनाए । त्यस्तै बाह्य पर्यटकहरूको आगमनका लागि कर्णाली करिडोर निर्वाध सञ्चालन र सहज आवागमनका लागि पहल गर्ने, भेरी करिडोरअन्तर्गत डोल्पासम्मको आवागमन खतरामुक्त बनाउने खालका योजनालाई बढोत्तरी दिने उनको भनाइ थिए ।
लिमी भ्यालीलाई त्रिदेशीय पर्यटकीय गन्तव्य बनाउने
पर्यटनमन्त्री लामाले कैलाश मानसरोवरको बेसक्याम्पका रूपमा रहेको हुम्लाको लिमी भ्यालीलाई त्रिदेशीय पर्यटकीय गन्तव्य बनाउने योजना निर्माणमा जोड दिइएको बताए । “मानसरोवर कैलाश दर्शन गर्न भारतीय धार्मिक पर्यटक पुग्छन्”, उनले भने, “अब नेपालसँगै चीनका पर्यटकसमेत त्यहाँ ल्याउन सकिन्छ ।
उनका अनुसार लिमी भ्यालीको सातौँ शताब्दीदेखिका गुम्बाको इतिहास, त्यहाँको महत्वपूर्ण कला, संस्कृति संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी पर्यटकहरूको आकर्षण थलो बनाउन सकिए यहाँको अर्थतन्त्र निर्माणमा सहयोग पुग्नेछ ।” विशेषगरी बाह्य पर्यटकलाई सिमकोट, दोजाम, कोरोन भ्याली, लिमी भ्याली, रानीसैना सैपाल हिमाल घुमाएर पुनः सिमकोट पुग्ने २१–२७ दिनको ‘कस्तुरी–नाहुर–वनचौँरी’ सर्किट निर्माण गर्ने योजना रहेको मन्त्री लामाले बताए ।
उद्योग विकासमा प्राथमिकता
कर्णाली उद्योगमा विकास नभएको अवस्था औँल्याउँदै मन्त्रालयले अल्लो उत्पादन, जडीबुटी, काठ सिज्निङ ९सुकाउने०, सल्ली पिरल प्रशोधन उद्योग निर्माणको योजनालाई प्राथमिकता दिएको छ । सल्ली पिरल प्रशोधन उद्योगको दीर्घकालीन प्रभाव पर्ने र यसले मानव जीवनमा सकरात्मक प्रभाव पार्ने पर्यटनमन्त्री लामाले बताए । त्यस्तै प्रदेशका खानीहरू आफ्ना मातहतमा राख्ने गरी प्रदेश सरकारले कानुन बनाउने तयारी गरेको उनको भनाइ छ ।
उद्योग मन्त्रालयले फोहर व्यवस्थापनका लागि इन्सिनेटर उद्योग निर्माण, प्लाष्टिक झोला निरुत्साहित गरी स्थानीय उत्पादनमा जोड दिने भएको छ । जलवायु अनुकूलनका लागि पानीका मूल तथा वन संरक्षण कार्यक्रम र सबै प्रकारका वनहरूको उचित व्यवस्थापन गर्ने कार्यक्रमलाई अगाडि बढाउने गरी लागिएको मन्त्री लामाले बताए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्