×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थोरै करेक्सन भएको बजार फेरी उकालो यात्रामा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

थोरै करेक्सन भएको बजार फेरी उकालो यात्रामा !

Artha Sarokar

२८ मंसिर २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा बजार ४६.४३ अंकले बढेर २०१०.४५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार यस अवधिमा २०३ कम्पनीको ९० लाख ५० हजार १६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ८९ करोड ९४ लाखमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ६७ करोड १ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नेपाल पुनर्बीमा कम्पनी र हिमालयन डिस्टिलरी कम्पनीको भएको छ । आज ३ समूहबाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै महुली सामुदायिक लघुवित्त, साधना लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले कमाएका छन् भने अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी