काठमाडौं । नेपाल बंगलादेश बैंकको विशेष साधारणसभा हुने भएको छ । बैंकको जेठ ७ गते विशेष साधारणसभा हुने भएको हो । सभा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको छ । सभामा नबिल बैंक र बंगलादेश बैंकको चल–अचल सम्पति प्रतिवेदनका आधारमा तयार पारिएको सेयर स्वाप अनुपात पारित हुनेछ । नबिल बैंक र बंगलादेश बैंकबीच गत पुस २९ गते एक आपसमा गाभ्ने/गाभिने विषयमा सैद्धान्तिक सहमति पत्रमा हस्ताक्षर भइसकेको छ । दुवै बैंक एक भएपछि बंगलादेश बैंकका सेयरधनीले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर पाउनेछन् ।
यस्तै बैंकको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । दुवै बैंकबीच एक्वायर गर्न अन्तिम समझदारी पत्रमा भएका हस्ताक्षर तथा सम्झौताहरुको अनुमोदन पनि हुनेछ । बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेण्डा पनि रहेको छ । विशेष सभा प्रयोजनका लागि बैंकले वैशाख ३० गते बुक क्लोज गर्ने भएको छ । तर्सथ वैशाख २९ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनी मात्र विशेष साभामा भाग लिन पाउनेछन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई एक्वायर गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमतिसमेत पाइसकेको छ ।
नबिल बैंकले पनि जेठ ७ गते विशेष साधारण सभा बोलाएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले विशेष साधारणसभा बस्ने निर्णय गरेको हो । विशेष सभा प्रयोजनका लागि बैंकले वैशाख ३० गते बुक क्लोज गर्ने भएको छ । तर्सथ वैशाख २९ गतेसम्म नेप्सेमा कायम रहने सेयरधनी मात्र विशेष साभामा भाग पाउने भएका छन् ।