किमाथाङ्का । सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा सुक्खा पहिरोका कारण उत्तरी क्षेत्र भोटखोला सडकखण्ड एक सातादेखि अवरुद्ध भएको छ । उत्तर दक्षिण सडकखण्ड अन्तर्गतको किमाथाङ्का–खाँदबारी सडकमा सुक्खा पहिरोका कारण सडक अबरुद्ध हुँदा निर्वाचनका लागि त्यसक्षेत्र जाने कर्मचारी र यात्रु अलपत्र परेका छन् ।
समाटारमा सुक्खा पहिरो खसेपछि भोटखोला जाने सडकखण्ड एक सातादेखि अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इञ्जिनीयर दिपेश रजकले जानकारी दिए । उनका अनुसार सुक्खा पहिरो झर्नेक्रम नरोकिएका कारण त्यस क्षेत्रमा स्काभेटर पुर्याएपनि सडकखण्ड खुलाउन समस्या भएको छ ।
सुक्खा पहिराले भोटखोला तथा मकालु गाउँपालिका जाने नागरिकको आवतजावत र सामान ढुवानी समस्यामा भएको हो । निर्वाचनको समयमा यात्रुको चाप बढिरहेको अहिलेको अवस्थामा पहिरो नरोकिएका कारण यात्रु बाटोमै अलपत्र परेको जनाइएको छ । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्