काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ७८ करोड ८३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा अघिल्लो वर्षको तुलनामा १७.१८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६७ करोड २७ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै हिमालयनले उत्पादन बिक्रीबाट आम्दानी बढाएर ५ अर्ब १८ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले उत्पादन बिक्रीबाट ३ अर्ब ९८ करोड ४५ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यता सञ्चालन नाफा पनि ९५ करोड ५६ लाख ८९ हजार रुपैयाँबाट बढाएर १ अर्ब ९ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ । यस्तै कम्पनीको रिजर्भ कोषमा १ अर्ब ५ करोड ७५ लाख १४ हजार रुपैयाँ रुपैयाँ रहेको छ । हिमालयनको प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ६४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्