काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले विद्यमान गरिबी न्यूनीकरणका लागि मुलुकमा कृषि तथा पशुपालन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद्को ३१औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले कृषि क्षेत्रमा गरिने लगानीले किसानको आय वृद्धि हुने र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ भने ।
कृषि तथा पशुपालन क्षेत्रमा सरकारले गर्ने प्रत्यक्ष लगानीका साथै कृषकमैत्री नीति नियमले कृषक लाभान्वित हुने जनाउँदै उनले समयसापेक्ष यस क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धानबाट उन्नत बीउबिजन विकास तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।
उनले कृषि वैज्ञानिकले अन्तर्राष्ट्रिय तहमा भइरहेका खोज अनुसन्धानको अध्ययन गरी स्वदेशमा थप अनुसन्धान गर्नुपर्ने खाँचो औँल्याए । उपाध्यक्ष पौडेलले वैज्ञानिकलाई सेवा सुविधा वृद्धि गर्नुपर्ने जनाउँदै यस क्षेत्रमा गरिने प्रत्येक लगानीको उपलब्धि कसरी हासिल हुन्छ भन्नेमा गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिए । उनले परिषद्बाट प्रकाशित कृतिको विमोचनसमेत गरेका थिए । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्