काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आइतबार ९८ हजार ६ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर ९८ हजार ७ सय रुपैँयामा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार ६ सय २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ०२ रुपैयाँ कायम गरेको छ ।