सर्लाही । सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या भएकोे छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झै यसवर्ष पनि खानेपानीको समस्या भएको हो ।उत्तरी चुरे क्षेत्रमा खानेपानीका स्रोत सुक्न थालेका छन् । बस्तीमा खानेपानी अभाव भएको ईश्वरपुर नगरपालिका–१२ का रामबाबु थिङले बताए। “धारामा पानी आउन छाडेको धेरै भयो, कुवा सुक्न थालेपछि खानेपानीको समस्या भएको छ”, उनले भने ।
ईश्वरपुर नगरपालिका–१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालीन्जोर, लालबन्दी नगरपालिका–१५ को धुसेनी, देउराली, तिनघरे, लालबन्दी नगरपालिका– १२, १३ र १४ का अधिकांश बस्ती तथा हरिवन नगरपालिका–१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ । सुक्खा मौसम सुरु भएसँगै खानेपानीको समस्या देखिएको ईश्वरपुर नगरपालिका–१२ की जानुकी माया वि.कले बताए । चुरे क्षेत्रका बस्तीमा फागुनबाटै खानेपानीको समस्या हुने गर्छ । बढ्दो वन विनाश र उत्खनन्का कारण पछिल्ला वर्षमा खानेपानीका स्रोत सुक्न थालेका प्राविधिकले बताएका छन् । स्थानीय सरकारले यस्ता कार्य रोक्न कुनै पहल नगरेको स्थानीय तेज तामाङले बताए । “एक गाग्री खानेपानीको जोहो गर्न घण्टौ हिँडेर छिमेकी गाउँ पुग्नुपर्छ”, उनले भने, “गाउँमा एउटा मात्रै कुवा छ, पानीका लागि रातभर जाग्राम बस्नुपर्छ ।”
लालबन्दी नगरपालिका–१४, नारायणखोलाका जितबहादुर राना निर्वाचनका बेला यसो गर्दिन्छु उसो गर्दिन्छु भन्नेहरु त्यसपछि फर्किएर नआएको गुनासो गरे । “पशु चौपाया र मानिसले एउटै खोला, खोल्सी र कुवाको पानी खानुपरेको छ । दुषित पानी पिउँदा झाडापखाला लगायत रोगबाट पीडित हुनुपरेको छ”, उनले भने । फागुनदेखि जेठसम्म चुरेक्षेत्रका बस्तीमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको छ । लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर राना भन्छनर, “मुहान सुक्न थालेपछि धारामा पानी आउन छाडेको छ, एक गाग्री पानी भर्न घण्टौँ कुर्नुपर्ने बाध्यता छ ।” खानेपानीको अभाव टार्न बागमती, हरिवन र लालबन्दी नगरपालिकाले लिफ्ट प्रविधिबाट खानेपानी पुर्याउने प्रयास गरे पनि त्यो सार्थक हुन सकेको छैन । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्