- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम बिहिबार हाइड्रोइलेक्टिसिटिको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८३ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको हो । आज नेप्से परिसूचक १.८० अंकले घटेर २,९४४.७८ अंकको विन्दुम कायम भएको छ ।
यस अवधिमा १६ अर्ब १० अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । हाइड्रोइलेक्टिसिटिपछि नेपाल पुनर्बीामाको ४५ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै लुम्बिनी विकास बैंकको ४३ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।