काठमाडौं। शिवम् सिमेन्टले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासमा खुद नाफा ६५ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो बर्षको तुलनामा ३९.९२ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले १ अर्ब ९ करोड ८० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी पनि ७ अर्ब ३५ करोड रुपैयाँबाट घटेर ७ अर्ब २५ करोड रुपैयाँमा पुगेको छ । कच्चा पदार्थको खपतमा भएको खर्च ३ अर्ब ५ करोड ८४ लाख रुपैयाँबाट घटेर २ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको विद्युत तथा उर्जाको खर्च भने १ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । साथै अन्य खर्च पनि ५६ करोडबाट बढेर ७७ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ८४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा ३ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ छ ।