काठमाडौं। एनएलजी इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा १७ करोड ७ लाख ४२ हजार रुपैयाँमा खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा आघिलो वर्षको तुलनामा १९.७७ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले २१ करोड २८ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद बिमा शुल्क आम्दानी ३४.६५ प्रतिशतले घटेर ५५ करोड ७८ लाख ६४ हजार रुपैयाँमा पुगेको छ । कम्पनीको लगानी तथा अन्य आम्दानी २३.४६ प्रतिशतले घट्यो । साथै कम्पनीको रिजर्भ कोष ५.४३ प्रतिशतले घटेको छ भने बिमा कोष १०.७४ प्रतिशतले बढेको छ । कम्पनीको चुक्ता पुँजी १०५ ले बढेको छ भने प्रतिसेयर आम्दानी ७ रुपैयाँले घटेर १८ रुपैयाँ ८८ पैसामा पुगेको छ ।