काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ३४ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको भन्दा २.३६ प्रतिशतले कम हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३५ करोड ९ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यता बिमा कोषको आकार भने २६.१७ प्रतिशतले बढेर १ अर्ब २७ करोड ७ लाख ९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३० रुपैयाँ ०२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३० रुपैयाँ ०५ पैसा रहेको छ ।