नुवाकोट । चुनावमा पैसाको खेलो हुन्छ भन्ने चर्चा नयाँ होइन । तर नगरपालिकामा २०-२५ भोटका लागि स्थानीय जनप्रतिनिधिहरुले २ लाख रुपैयाँसम्म तिर्छन् भन्दा केहिलाई पत्यार नलाग्न सक्छ । तर नुवाकोटमा यस्तै भएको छ ।नुवाकोटको बेलकोटगढी नगरपालिकामा सत्तारूढ दलहरूको गठबन्धनले २० मतका लागि दुई लाख रूपैयाँ तिर्न तयार भएको र यसका लागि ‘डिल’ भएको अडियो सार्वजनिक भएको छ ।
बेलकोटगढी १ का निवर्तमान वडा अध्यक्ष सुब्बा तामाङले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार रहेका बद्रीप्रसाद ढुंगानाका लागि २० मत लिन पैसाको डिल गरेर फाइनल गरेको अडियो बाहिर आएको हो । अडियोमा सुब्बा तामाङले वडा अध्यक्षमा उम्मेदवार ढुंगानासँग मागेर आफूले बिहानको राति नै दुई लाख रूपैयाँ घरमै पुर्याइदिने बताएका छन् । अडियोमा साथी भनेर यति सहयोग गरेको र ‘धेरै के माग्नु ? २ लाख रुपैयाँ दिनुहोस्’ भनिएको प्रष्ट सुन्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्