Skip to content
LAXMI SUNRISE BANK

यूनियन,प्राइम र गुराँस लाइफ ईन्स्योरेन्सबीच सहमती, बिमितको हित संरक्षण गर्ने उदेश्य

अर्थ सरोकार

काठमाडौँ । २०७९ बैशाख २९ गते यूनियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड र प्राइम लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बिच एक आपसमा गाभिने सहमती भएको छ । सो सम्बन्धमा तीनै कम्पनीका अध्यक्षहरुले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित संरक्षण गर्नुको साथै तीनै कम्पनीको वित्तीय, मानव संशाधन, प्राविधिक एवं अन्य क्षमता अभिवृद्धि गर्दै सेवाग्राहीलाई आधुनिक प्रविधिजन्य बीमा सेवा सुविधा प्रदान गर्न सक्ने अवस्था सिर्जना गर्ने, मुलुकमा जीवन बीमालाई सुशासित, सुरक्षित, स्वस्थ्य, कुशल तथा सक्षम एवं प्रभावकारी बनाउन सहयोगी भुमिका निर्वाह गर्ने र मुलुकको समग्र जीवन बीमा प्रणालीको सम्बर्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्दै बिमितको हित संरक्षण गर्ने उदेश्य तीनै कम्पनीले लिएका छन् ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK