
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९, गोठाटार स्थित श्री कृष्ण प्रणामी सेवा समिति नेपाललाई सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख आर्थिक सहयोग गरेको छ ।
२०७२ सालमा गएको विनाशकारी भुकम्पको कारणले क्षति पुगेको र जोखिममा रहेको श्री कृष्ण प्रणामी भवनको पुन संरचना कार्य गर्नका लागि भन्दै बैंकले शुक्रबार रकम सहयोग गरेको हो । भवनमा समितिद्वारा वृद्धआश्रम सञ्चालन गर्दै आएको र निर्माण पश्चात सो भवन समितिले असाहाय वृद्धवृद्धाहरुको आवासका लागि उपयोग गर्नेछ ।
समाज कल्याणको कार्य गर्दै आइरहेका उक्त संघलाई बैंकले पुर्याएको सो रकम सहयोगबाट आश्रय प्रदान हुने र वृद्ध नागरिक कल्याणमा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले शिक्षा, स्वास्थय, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्