Skip to content
LAXMI SUNRISE BANK

प्रभु इन्स्योरेन्सको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कस्तो छ वित्तीय अवस्था ?

अर्थ सरोकार

काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा कुल  १६ करोड २० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा आघिल्लो वर्षको तुलनामा १.४० प्रतिशतले बढी हो। गत वर्ष कम्पनीले १५ करोढ ९८ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद बिमा शुल्क आम्दानी ११.५१ प्रतिशतले बढेर ५१ करोड ४६ लाख २७ हजार रुपैयाँ पुगेको छ र बिमा कोषमा ९० करोड ७४ लाख रुपैयाँ जम्मा भएको छ ।

यस्तै रिजर्भ कोषमा ११.७१ प्रतिशतले बढेर ३२ करोड ३१ लाख ९७ हजार रुपैयाँ जम्मा भएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब १६ करोेड १९ लाख २ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ कायम भएको छ र प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ रहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK