काठमाडौं । आइएमई जनरल, प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीहरु एक आपसमा गाभिने भएका छन् । नियामक बीमा समितिले तोकेको चुक्तापुंजी साढे दुई अर्ब पुर्याउनलाई हकप्रदको बाटो बन्द हुने भएपछि यी तिन निर्जीवन बीमा कम्पनीहरु एक आपसमा गाभिने भएका हुन् ।
नेपाल इन्स्योरेन्सको चुक्तापुंजी १ अर्ब २४ करोड रहेको छ भने आईएमई जनरलको १ अर्ब १५ करोड र प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब २ करोड रुपैयाँ चुक्तापुंजी रहेको छ । यी तिनवटै कम्पनीको चुक्तापुंजी जोड्दा करोड ३ अर्ब ४२ करोड नाघ्नेछ ।
यस्तै हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जरका लागि सहमती गरिसकेका छन् भने बैशाख २९ मा मात्रै तीन जीवन कम्पनी गुराँस, युनियन र प्राइम लाइफबीच गाभ्ने/गाभिनेबारे सम्झौता भएको छ ।
यता एशियन लाइफ र महालक्ष्मी लाइफ कम्पनीबीच पनि मर्जर तथा प्राप्तिको बारेमा छलफल अगाडी बढेको छ । यस्तै सुर्य लाइफ र ज्योति लाइफबीच पनि मर्जर तथा प्राप्तिको सम्झौता हुने सम्भावना बढी देखिन्छ । आईएमई लाइफ र रिलायबल लाइफबीच पनि मर्जर तथा प्राप्तिको सम्झौता हुने सम्भावना पनि बढी देखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्