काठमाडौं । एनसीसी बैंकको संस्थापक सेयरमा आवेदन दिने आज बुधबार जेठ ४ गते अन्तिम दिन रहेको छ । कम्पनीको १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि संस्थापक सेयरमा आज कार्यालय समयसम्म आवेदन दिने पाइने भएको हो । कम्पनीले वैशाख २१ गतेबाट उक्त संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको थियो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यसमा न्यूनतम १३० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसारमार्ग, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन जेठ ५ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटल हात्तिसारमार्ग, कमलादी काठमाडौंमा खोलिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्