Skip to content
LAXMI SUNRISE BANK

शिव श्री हाइड्रोपावर २८ करोड ९० लाख रुपैयाँ नोक्सानमा, प्रतिसेयर आम्दानी २६ रुपैयाा १० पैसा ऋणात्मक

अर्थ सरोकार

काठमाडौं । शिव श्री हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तेस्रो त्रैमासमा २८ करोड ९० लाख रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनी मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत् बिक्रीमार्फत भने १७ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको सञ्चालन नाफा १२ करोड १८ लाख रुपैयाँ रहेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ र जगेडा कोष २७ करोड रुपैयाँ ऋणात्मक रहेको छ र कम्पनीको प्रतिसेयर आम्दानी  २६ रुपैयाा १० पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ ६७ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK