काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थको वार्षिक साधारण सभा हुने भएको छ । साधारण सभा जेठ २८ गते हुने भएको हो। सभा अम्रपाली कटेज, सुक्खानगर रुपन्देहीमा बिहान ११ बजे सुरु हूनेछ । सभामा कम्पनीले अन्य वित्तीय संस्थाहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश गर्नेछ । सञ्चालक समितिमा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालको निर्वाचन गर्ने एजेण्डा पनि रहेको छ । यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा पेश गरिदैैछ ।
आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । यस्तै ,आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा पनि राखिएको छ । सभाका लागि कम्पनीले जेठ १२ गतेदेखि २८ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले माघ २१ गतेबाट २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको थियो । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९सय कित्ताका लागि आवेदन दिएका हुन् । जेठ ११ गतेसम्म कायम लगानीकर्ताले सभामा भाग लिन सक्नेछन् ।