काठमाडौं । नबिल र एनबि बैंकबीचको मर्जर रोक्न सर्वोच्चमा परेको रिटमा आज पनि पेशी तोकिएको छ । न्यायधिशद्वय डा.आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको हो । लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै मुद्दा हालेको थियो ।
नेपाल पावर डेभलपमेण्टको मुद्दामा सुनुवाई गर्दै न्यायधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । यता दिवेश्वरी ईन्भेष्टमेण्टको मुद्दामा न्यायधिश बमकुमार श्रेष्ठको एकल इजलासले कारण देखाउ आदेश, र अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो ।
यो रिटको पेशी जेठ ४ गते न्यायधिशद्वय टंकबहादुर मोक्तान र डा.मनोजकुमार शर्माको इजलासमा तोकिएको थियो । तर सो मुद्दालाई बुधबार ‘हेर्न नमिल्ने’ भनी स्थगित गरिएको थियो । अदालतले अन्तरिम आदेश दिएको खण्डमा यी दुई बैंकबीचको मर्जर अनिश्चित हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्