×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : इन्टरनेटबाटै मूर्ति बनाउने कला सिकेर मनग्य आम्दानी गर्दै, रोकिएको नयाँपाटी सुन्दरीजल सडक विस्तारको काम सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : इन्टरनेटबाटै मूर्ति बनाउने कला सिकेर मनग्य आम्दानी गर्दै, रोकिएको नयाँपाटी सुन्दरीजल सडक विस्तारको काम सुरु

Artha Sarokar

५ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले शुक्लाफाँटा नगरपालिका– २ का स्थानीय बासिन्दा इन्टरनेटमा हेरेर बनाइएका सिमेन्टका मूर्तिमा रङ्गरोगन गर्दै । इन्टरनेटबाटै मूर्ति बनाउने कला सिकेर उहाँले मनग्य आम्दानीसमेत गर्दै आएकादेखि लामो समयदेखि रोकिएको नयाँपाटी सुन्दरीजल सडक विस्तारको काम सुरु गरिँदै । वि.सं २०७२ मा ठेक्का भई सुरु भएको सात किमी सडक विस्तार सात वर्ष पूरा हुँदा पनि सकिएको छैन । निर्माण व्यवसायीले एक दिन काम गरेर एक महिना रोक्ने गरेका सम्मका तस्बिरलाई फोटोमा समेटेका छौँ ।

हेरौं फोटो समाचारः

शुक्लाफाँटा नगरपालिका– २ का स्थानीय बासिन्दा इन्टरनेटमा हेरेर बनाइएका सिमेन्टका मूर्तिमा रङ्गरोगन गर्दै । इन्टरनेटबाटै मूर्ति बनाउने कला सिकेर उहाँले मनग्य आम्दानीसमेत गर्दै आएका छन् ।लामो समयदेखि रोकिएको नयाँपाटी सुन्दरीजल सडक विस्तारको काम सुरु गरिँदै । वि.सं २०७२ मा ठेक्का भई सुरु भएको सात किमी सडक विस्तार सात वर्ष पूरा हुँदा पनि सकिएको छैन । निर्माण व्यवसायीले एक दिन काम गरेर एक महिना रोक्ने गरेका छन् ।गोकुलेश्वर गन्ना सडकखण्ड अन्तर्गत सिमार सडकमा भएको खाल्डाखुल्डी । सडकमा परेको खाल्डाखुल्डीले सवारी आवागमनमा र स्थानीयवासीलाई आवतजावतमा समस्या हुने गरेको छ ।झलारी बजारमा उखुको रस (जुस) बेच्दै गरेको स्थानीय व्यापारी । गर्मी बढेसँगै उखुको रसको व्यापार निकै फष्टाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बजेट निर्माणसम्बन्धी छलफलमा सहभागीहरु । कास्कीको रुपा गाँउपालिकाका वृद्धा महिला गर्मी बढेसँगै मध्य दिनमा छाता ओडेर गन्तव्यतिर जाँदै । दाङको तुलसीपुर उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि मतगणना हुँदै । उच्च सरकारी वकिल कार्यालयमा मतगणना भइरहेको छ । शिलपत्रमा अक्षर कोर्दै कालिगढ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी