×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकले गर्यो निक्षेप संकलन तथा कर्जा विस्तारमा उच्च वृद्धि, पहिलो स्थान ओगट्न सफल

PRIME CA

नेपाल बैंकले गर्यो निक्षेप संकलन तथा कर्जा विस्तारमा उच्च वृद्धि, पहिलो स्थान ओगट्न सफल

६ जेष्ठ २०७९, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तामा उच्च वृद्धि गरेको छ । वैशाखमा २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाहमा उच्च वृद्धि गरेको हो । साथै नेपाल बैंक पहिलो स्थानसमेत ओगट्न सफल भएको छ । बैंक २४.३५ प्रतिशतले निक्षेप वृद्धि गर्न सफल भएको छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

२७ वाणिज्य बैंकहरुमध्ये १९ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ र ८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा भने गिरावट आएको छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर ६.२३ प्रतिशत रहेको छ । २७ वटै वाणिज्य बैंकहरुको कर्जा विस्तारमा वृद्धि भएको छ । औसतमा वाणिज्य बैंकहरुको कर्जा विस्तार १७.४३ प्रतिशतले बढेको छ । वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । कुलकर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: