काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार ९८ हजार रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज पनि स्थिर रहेर सोहि मुल्यमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य पनि स्थिर रहेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ८४ हजार २० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरेको छ ।