×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नक्कली सुन बिक्री वितरण गर्ने गिरोह पक्राउ, १ तोला ७ लाल बराबर सुन बरामद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नक्कली सुन बिक्री वितरण गर्ने गिरोह पक्राउ, १ तोला ७ लाल बराबर सुन बरामद

Artha Sarokar

१० जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

लुम्बिनी । रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका-१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका-१७ बस्ने वर्ष ४० की धन सौमैलाई बोलाई आफूहरुसँग रहेको सुनजस्ता देखिने गोल्डेन कलरको धातु दिएर ठगि गरेको अभियोगमा उक्त गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

रुपन्देहीको गैडहवा गाउँपालिका-९ धुसुवा बस्ने ३७ वर्षिय काके भन्ने धनबहादुर सुनार, कञ्चन गाउँपालिका-१ हात्तीबजार बस्ने ३७ वर्षिय नवीन भन्ने देवबहादुर मगरलाई सैनामैना नगरपालिका-१ हात्ती बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले पीडित महिलालाई होटलमा बोलाई तपाईको पुरानो बाँकी रहेको पैसा दिन्छौँ भनी विभिन्न प्रलोभनमा पारी झुक्याइ नक्कली सुनका ढिक्का दिएर महिलासँग रहेको सुनको चेन (ब्रासलेट) समेत लिई फरार रहेका थिए ।

प्रहरीले उनीहरुसँग सुन जस्तो देखिने पहेँलो पदार्थ लगाएको फलामको ढिक्का ९ थान र विभिन्न कम्पनीका मोबाइल सेट चार थान र पीडितको ब्रासलेट गालेर बनाएको करिब १ तोला ७ लाल बराबर तौलको सुनको डल्लासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । -रासस

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी