×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चक्रपथबाहिर र भक्तपुरमा पनि मेलम्चीको पाइप विस्तार गर्ने सरकारको तयारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चक्रपथबाहिर र भक्तपुरमा पनि मेलम्चीको पाइप विस्तार गर्ने सरकारको तयारी

Artha Sarokar

१० जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा चक्रपथबाहिर र भक्तपुरमा पनि मेलम्चीको पाइप विस्तार गर्ने व्यवस्था गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । सरकारले उपत्यकामा मेट्रो रेलको विस्तृत संभाब्यता अध्ययन गरिने व्यवस्था पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै सरकारले विद्युतीय सवारीको चार्जिङ स्टेसन निर्माणमा प्राथामिकता दिइने भएको छ । साथै सरकारको नीति तथा कार्यक्रममा देशभर उच्चगतिको इन्टरनेट सेवा उपलब्ध गराउने व्यवस्था पनि उल्लेख गरिएको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धाणमा स्वचालित प्रणाली पनि लागु गर्ने भएको छ ।

यसैगरी सरकारले विशिष्टिकृत संस्थाबाट मात्र धरजग्गा कारोबार गर्ने व्यवस्था गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने पनि बताएकी छिन् । यस्तै पूँजी बजारको विकास र विस्तारको लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको अकर्षण बृद्धि र नियामक निकायको क्षमता अभिबृद्धि गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी