काठमाडौँ । नेपालको अग्रणी अनलाइन बजार दराजले प्राउडली नेपाली – प्रमोटिङ नेपाली ब्रान्ड नामक आफ्नो नयाँ अभियान येही जेठ १३ बाट सुरु हुने घोषणा गरेको छ । कम्पनिको अनुसार, विगत र वर्तमान नेपाली बजारमा उच्च गुणस्तरका वस्तु तथा सेवाहरू प्रदान गर्दै आएका नेपाली ब्राण्डहरूलाई हाइलाइट र प्रवर्द्धन गर्ने यस अभियानको मुख्य लक्ष्य रहेको छ। यो अभियान दराजको मूल मूल्यमान्यता “अप्लिफिटिङ्ग कम्युनिटि थ्रु द पावर अफ कमर्स” भित्र पर्दछ।
आफ्नो प्रत्येक अपरेटिङ क्षेत्रहरूमा स्थानीयकरणमा थप ध्यान केन्द्रित गर्ने कम्पनीको विश्वव्यापी दृष्टिकोणलाई फेब्रुअरीमा नयाँ प्रबन्ध निर्देशक, आंचल कुँवरको अनबोर्डिङसँगै बढावा दिइएको थियो र प्राउडली नेपाली अभियान, त्यो भिजन हासिल गर्नु तर्फ अर्को धक्का हो। साथै, कम्पनीले यो आश्वासन पनि दिएको छ कि प्राउडली नेपाली एक वान टाईम अभियान मात्र नभई एक दीर्घकालीन परियोजना हो जुन वर्षभरि हरेक महिना जारी रहनेछ।
यसबाहेक, यो अभियानले दराजसँग सम्बन्धित स्थानीय ब्रान्ड र बिक्रेताहरूलाई आफ्नो अनलाइन उपस्थिति बढाउन र आधुनिक डिजिटल युगमा सजिलैसँग व्यापार सञ्चालन गर्न प्रत्यक्ष सहयोग गर्ने प्रयास गर्दछ। दराज सहयात्री र सारथी जस्ता विगतका कार्यक्रमहरूले ११,ण्ण्ण् भन्दा बढी बिक्रेताहरूलाई आफ्नो व्यवसाय अनलाइन स्थानान्तरण गर्न प्रत्यक्ष रूपमा मद्दत गरेका छन्। र यो अभियान मार्फत दराजले नेपाली ब्रान्डहरूलाई अनलाइनमा आफ्नो उपस्थिति र भिजिबिलिटी बढाउन र आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्याउन मद्दत गर्ने आशा राखेको कम्पनीले जानकारी दिएको छ।
फुलु, जुआस, सीजी डिजिटल, मन्त्र, गोल्डस्टार, यासुडा र थप जस्ता उत्कृष्ट नेपाली ब्रान्डहरूको साथ, यो अभियानले ग्राहकहरूलाई नेपाली ब्रान्डहरुको बारेमा थप जानकारी दिने अवसर प्रदान गर्ने कम्पनीको दृढ विश्वास रहेको छ। यसका साथसाथै यो अभियानले स्थानीय ब्रान्डहरूले अन्तर्राष्ट्रिय स्तरका उत्पादनहरू प्रदान गर्न नसक्ने औसत नेपाली उपभोक्ताको धारणालाई पनि परिवर्तन गर्न खोजेको कम्पनीले जनाएको छ । प्राउडली नेपाली अभियानले त्यो विश्वासलाई परिवर्तन गर्न र ग्राहकहरूलाई नेपाली ब्रान्डहरूलाई समर्थन गर्न र उनीहरूका वस्तु तथा सेवाहरूको उपभोग गर्न प्रोत्साहन र उत्प्रेरित गर्न खोजेको दराजको भनाई छ।
अभियानको मुख्य सन्देशलाई – नेपाली ब्रान्डहरू प्रवर्द्धन गर्ने, थप फैलाउन, दराजले FNCCI / SAWDF सँग मिलि एक रणनीतिक इकोसिस्टम बनाउन सफल भएको छ भने प्राउडली नेपालीको नेपालभर प्रचार प्रसारको लागि सबै मार्केटिङ च्यानलहरू प्रयोग गर्ने कम्पनीको भनाई छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्