Skip to content
LAXMI SUNRISE BANK

चक्रपथ विस्तारका लागि १ अर्ब विनियोजन, सवारी चापलाई कम गरिने

अर्थ सरोकार

काठमाडौं । सरकारले चक्रपथ विस्तारका लागि १ अर्ब बजेट रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा बताएका हुन् । सवारी चापलाई कम गर्न कंलकी र नारायणगोपाल चोक विस्तार खण्डका लागि १ अर्ब विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

यता सरकारले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई १ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ भने युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षमा १० लाख पर्यटन भित्र्याउने घोषणा गर्नुका साथैै उद्योग सञ्चालनको लागि सरकारी जग्गा ५० वर्षसम्मका लागि लिजमा दिने घोषणा गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK