×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौंदेखि चितवनको सडकमार्गको दूरी एक घण्टामा सीमित गर्नका लागि द्रुतमार्ग निर्माण गर्ने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

काठमाडौंदेखि चितवनको सडकमार्गको दूरी एक घण्टामा सीमित गर्नका लागि द्रुतमार्ग निर्माण गर्ने

Artha Sarokar

१५ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले काठमाडौंदेखि चितवनको सडकमार्गको दूरी एक घण्टामा सीमित गर्नका लागि द्रुतमार्ग निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यसका लागि पहिलो चरणमा निजी क्षेत्रको लगानीमा चन्द्रागिरि, चित्लाङ, पालुङ हुँदै चितवन पुग्ने पहिलो चरणमा निर्माण गरिने बताए ।

साथै दोस्रो चरणमा चितवन,रामपुर,बुटवल र चितवन,रामपुर,पोखरा द्रुतमार्ग निमार्ण गर्नका निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्डमार्फत प्रक्रिया अघि बढाइने उनले बताए । उनले मिर्चौया-लुक्ला-सगरमाथा द्रुतमार्ग समेत निजी क्षेत्रबाट निर्माण गरिने समेत बताए । साथै, मध्यपहाडी राजमार्गबाट जुम्ला, रारा, छाँयानाथ र लिमीसम्म नयाँ प्रविधिमा आधारित पर्यटन मार्गका लागि निजी क्षेत्रको लगानीमा निर्माण गरिने उनले बताए ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी